प्यूठानको नौबहिनी गाउँपालिका, गाउँपालिकाको कार्यालय, लुङ्गको शिक्षक पदपूर्ति सम्बन्धी सूचना बमोजिम गाउँपालिका अनुदानमा करार पदपूर्तिहुने गरी विभिन्न तह र विषयमा भारी संख्यामा विज्ञापन गरेको छ । जस मध्ये आधारभूत तह कक्षा १-५ मा ७ जना, निम्नमाध्यमिक तहको गणित विषयमा ५ जना, विज्ञान विषयमा ५ जना, अंग्रेजी विषयमा ४ जना, नेपाली विषयमा ३ जना र सामाजिक विषयमा १ जना गरी जम्मा २५ जनाको लागि विज्ञापन खुलाएको छ ।
दरखास्त दिने अन्तिम मिति : २०८२ भाद्र ४ गते बुधबार

थप जानकारीको लागि naubahinimun.gov.np मा गएर हेर्न सकिन्छ ।

